काठमाडौं । युनियन लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको साधारण सभा वैशाख २३ गते हुने भएको हो । सभा, टाइगर प्यालेस रिसोर्ट भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले संस्थापक समूहबाट ४ जनालाई निर्वाचन गर्ने र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा रहेको छ । स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तिको प्रस्ताव पनि पेश हुनेछ ।
सभामा अन्य जीवन बिमा कम्पनीहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । यस्तै, आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ । लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख मंगलबार १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ सोमबार वैशाख १२ गतेसम्म नेप्सेमा रहेका सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन पाउने भएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्