काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा वैशाख २३ गते हुने भएको छ । कम्पनीको सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा, रुपन्देहीमा बिहान १०.३० बजेबाट सुरु हुने भएको हो ।
सभामा आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदनमा छलफल हुनुका साथै लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
यस्तै सभामा कम्पनीले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पेश गर्दैछ । स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तिको प्रस्ताव पनि पेश गर्दैछ । सभामा अन्य जीवन बिमा कम्पनीहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ ।
सभाको लागि यस कम्पनीले वैशाख १३ गते बुक क्लोज गर्दैछ । वैशाख १२ गतेसम्म कायम सेयरधनीले कम्पनीको सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्