×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्सको ८७ हजार ३०० कित्ता संस्थापक सेयर बिक्रीमा, सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने

GLOBAL IME BANK
SHREE KESH

युनाइटेड इन्स्योरेन्सको ८७ हजार ३०० कित्ता संस्थापक सेयर बिक्रीमा, सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंक र एक्सेल डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको युनाइटेड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । सनराइजले ५ हजार ८२७ कित्ता र एक्सेलले ७९ हजार ७४२ कित्ता गरी कुल ८७ हजार ३०० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।
सो सेयरमा युनाइटेड इन्स्योरेन्सका हाल कायम संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् भने सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मिति अर्थात बिहिबार चैत २४ गतेबाट ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
लगानीकर्ताले युनाइटेडको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा लिखित निवेदनसहित सम्पर्क गर्नुपर्नेछ । ३५ दिनभित्र कुनै पनि संस्थापक सेयरधनीले आवेदन नदिएमा भने अन्य खरिदकर्तालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: