काठमाडौं । उन्नति सहकार्य लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएका छन् । यी दुबै कम्पनीले एफपीओ निष्कासनको अनुमति माग्न धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।
उन्नति सहकार्यले अंकित मूल्य १०० रुपैयाँमा ५९ रुपैयाँ ०७ पैसा प्रिमियम जोडेर प्रतिकित्ता १५९ रुपैयाँ ०७ पैसाका दरले २ करोड ८३ लाख ७३ हजार ७३७.६७ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ बिक्री गर्न अनुमति माग गर्दै बोर्डमा आवेदन पेस गरेको हो । कम्पनीले एफपीओ जारी गर्न सिद्धार्थ क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यता समता घरेलु लघुवित्तले अंकित मूल्य १०० रुपैयाँमा ५९ रुपैयाँ ०७ पैसा प्रिमियम जोडेर प्रतिकित्ता १५९ रुपैयाँ ०७ पैसाको दरले ४ करोड ६० लाख ४१ ह्जार २२०.८० रुपैयाँ बराबरको २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । यससँगै धितोपत्र बोर्डले अनुमति दिएपछि दुई कम्पनीले एफपीओ निष्कासन प्रकृया अघि बढाउने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्