काठमाडौं । उपकार लघुवित्त वित्तिय संस्थाको आइपीओमा हालसम्म १६ लाख २९ हजार ७६९ कित्ताका लागि आवेदन परेको छ । सीडीएसका अनुसार सोमबार बिहान १०ः१० बजेसम्ममा सो कित्ताका लागि १ अर्ब ८६ करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । जुन सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८४.३४ गुणा बढी आवेदन हो ।
कम्पनीले चैत २५ गतेबाट २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यो मध्ये ५% अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि चैत २९ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्तको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्