×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबारदेखि खुल्दै उपकार लघुवित्त वित्तीय संस्थाको २ लाख ३६ हजार २५० कित्ता आइपीओ, कहाँ-कहाँदेखि दिने आवेदन ?

PRIME CA

शुक्रबारदेखि खुल्दै उपकार लघुवित्त वित्तीय संस्थाको २ लाख ३६ हजार २५० कित्ता आइपीओ, कहाँ-कहाँदेखि दिने आवेदन ?

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले भोलि शुक्रबारदेखि आइपिओ बिक्रीमा ल्याउने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्य दरमा २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।
जसमध्ये ५% अर्थात् ११ हजार ८१३ कित्ता सामुहिक लगानी कोष र ०.५% अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख ९ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । उक्त आइपीओमा नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: