काठमाडौँ। क्यान इन्फो टेक-२०२२ अन्तर्गत राखिएको भायानेट कम्युनिकेसनको स्टलमा धेरै सेलिब्रेटीहरू र प्रविधि उत्साहीहरूले भ्रमण गरे। भायनेटका ब्रान्ड एम्बेसेडर समेत रहेका चर्चित कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का, महिला गेमर इन्दु मल्ल “गेमिङ”, सागर लम्साल ‘बले’ र र्यापर मिस्टर आरजे लगायतका चर्चित कलाकारहरु स्टलमा आएका थिए।
भायानेटको स्टलमा आएका आगन्तुकहरूले कलाकारहरुसँग अन्तरक्रिया, फोटो सेसन लगायत अन्य विभिन्न गतिविधिहरूका साथै कम्पनीका तर्फबाट आकर्षक अफरहरूको मज्जा लिन पाएका थिए। शुक्रवार निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टलमा आएर कार्यक्रम स्थलमा उपस्थित फ्यान तथा आगन्तुकहरुसँग अन्तरक्रिया गरेका थिए भने शनिवार इन्दु मल्ल “गेमिङ” ले चुनिएका आगन्तुकहरूसँग पब्जी खेलका केही राउन्ड खेलेकी थिइन। आइतवार रिलिज भएको गीत “के सारो” का कलाकार सागर लम्साल ‘बले’ र मिस्टर आरजेले स्टल भ्रमण गरेका थिए । अप्रिल २२ मा यु-ट्युब मार्फत रिलिज भएर श्रोताको मन जितिरहेको उक्त गीतमा भायनेटले प्रायोजन गरेको छ। गीतमा देखिएका कलाकारहरुले दर्शकहरुसँग विभिन्न विषयमा अन्तरक्रिया गर्दै आफ्नो छोटो प्रस्तुति पनि दिएका थिए। भायनेटले सोमबार प्रसिद्ध गेमिङ समूह डीआरएसलाई आमन्त्रित गरेको थियो। उनीहरूले उपस्थित भ्रमणकर्तासँग गेम खेल्नका साथै आफ्नो गेमिङ यात्राको अनुभवहरू साटेका थिए। क्यान इन्फो टेक मा रहेको भायानेटको डि ४० स्टलमा चर्चित कलाकार, गेमर र सेलिब्रेटीहरूका अलावा प्रत्येक आगन्तुकका लागि अन्य रोमाञ्चक अफरहरू रहेका थिए । भायनेट स्टलमा आउने जो कोहीले पनि भायनेट गेमिङ जोन मार्फत गेम खेल्न सक्नेछन्।
क्यान इन्फोटेकमा उत्कृष्ट डिलहरू खोज्न आउने व्यक्तिहरूका लागि भने भायानेटले ३ ओटा भायाटिभी र एम आई डुवल ब्यान्ड राउटरको साथमा बन्डल गरिएको भरपर्दो अल्ट्रा-फाई लाइनअपमा १७% छुट दिँदैछ। उक्त अफरको फाइदा उठाउन भने भायनेटको स्टलबाटै अल्ट्रा-फाई सब्स्क्राईब गर्नु पर्नेछ।यसबाहेक, क्यान इन्फोटेक, भृकुटीमण्डपमा रहेको भायनेट स्टलमा आगन्तुकहरूले नेपाली बजारमा चाँडै लन्च हुने अन्य उपकरणहरू प्रि-अर्डर गर्ने अवसर पाउनेछन् र एक जना भाग्यशाली विजेताले ५५ इन्चको एम आई स्मार्ट टिभी जित्नेछन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्