×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिभो भि२३ फाइभजी : उत्कृष्ट क्यामेरा क्षमताको प्रिमियम फ्ल्यागशिप स्मार्टफोन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भिभो भि२३ फाइभजी : उत्कृष्ट क्यामेरा क्षमताको प्रिमियम फ्ल्यागशिप स्मार्टफोन

८ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ। आजको विश्वमा, स्मार्टफोनले आत्मभाव प्रकट गर्ने नयाँ तरिकाहरू मार्फत हाम्रो जीवनलाई परिस्कृत गरिरहेको छ । प्रयोगकर्ताहरूले नयाँ स्मार्टफोनमा, तस्विरहरू क्लिक गरेर, भिडियो खिचेर वा आफ्नो जीवनमा केही मूल्य थप्ने चीजहरुमार्फत आफूलाई अभिव्यक्त गर्ने उपकरण खोजिरहेका हुन्छन् । ग्लोबल स्मार्टफोन ब्रान्ड, भिभोले आफ्ना ग्राहकहरु विशेषगरी युवाहरुको आवश्यकता राम्रोसंग बुझेको छ । स्मार्टफोनले हामी एकअर्कालाई सशक्त बनाउँनुका साथै जिज्ञासु र एक्सप्रेसिभ बनाउने भिभोको विश्वास रहेको छ । भिभोको हालै सार्वजनिक भएको भि२३ फाइभजी यसको प्रमाण हो । भि२३ फाइभजीले आफ्ना प्रयोगकर्ता विशेष गरी फोटोग्राफी उत्साही र सेल्फी प्रेमीहरुको जीवनलाई सहज बनाउन थुप्रै विशेषताहरू ल्याएको छ जसले यस उपकरणलाई पिक्चर–पर्फेक्ट स्मार्टफोन बनाउँछ । उक्त विशेषताहरु यस प्रकार रहेका छन्ः

यसको अगाडि भागमा उच्च–रिजोल्युसनको ५० एमपी पोट्र्रेट सेल्फी क्यामेरा रहेको छ जसले अनुकुल प्रकाशमा उल्लेखनीय रूपमा उच्च सार्पनेश प्रदान गर्दछ । जूम इन वा क्रप गर्दा पनि, सेल्फीको गुणस्तरमा केही कमी आउँदैन । धेरै पटक सेल्फीहरू क्लिक गरिरहँदा प्राय मुहारको आकृति, आखीभौं, परेलाहरू लगायत धमिलो देखिन्छन् तर भि२३ फाइभजीबाट सेल्फी लिँदा ती सधैं स्पष्टसंग देखिन्छ । यसको फ्रन्ट क्यामेरामा आँखा अटोफोकस विशेषता छ जसले प्रयोगकर्ताहरूलाई आकर्षणको केन्द्रबिन्दु बनाउँदछ । फोनले स्वचालित रूपमा लक गर्न सक्छ र हलचल गरिरहँदा पनि आँखाहरूमा फोकस कायम राख्न सकिन्छ । प्रो टिपः फ्रेम भित्र सर्दा वा टाढा वा नजिक जाँदा, हिड्दा पनि सुन्दर शटहरू लिनका लागि आँखा अटोफोकस प्रयोग गर्नुहास्

भि२३ फाइभजीको डुअल फ्रन्ट क्यामेरा प्रणालीले ८एमपी सुपर वाइड–एंगल क्यामेराको साथ १०५ डिग्री वाइड–एंगल फिल्ड अफ भ्यू प्राप्त गर्दै पारिवारिक तस्विरहरू वा सामूहिक तस्वीरहरू खिच्न धेरै सजिलो बनाउँछ । यसको फाइदा भनेको फ्रेमको छेउमा रहेका वस्तुहरू पनि राम्रोसंग देखिन्छ । सामूहिक फोटो खिच्न भि२३ फाइभजी सधै उत्कृष्ट विकल्प हुनेछ ।

रातको समयमा तस्बिरहरू क्लिक गर्न खोज्दा पर्याप्त प्रकाश नपुगेर अँध्यारो र धमिलो तस्वीरहरुमा चित्त बुझाउन परेको समस्या हामी सबैले कुनै न कुनै समयमा भोगेका छौं । यो समस्या समाधान गर्नका लागि अब हामीसंग भि२३ फाइभजी छ । डुअल–टोन स्पटलाइटः स्पटलाइट पोट्र्रेट + स्पटलाइट पोट्र्रेट भिडियोमार्फत  अन–द–गो आफ्नो लाइटिंग मिलाउन सकिन्छ, यो विशेषताले सर्वाधिक चर्चा पाएको छ । फोनको शीर्ष बेजेलमा बिल्ट–इन फ्रन्ट–फेसिङ फ्ल्याशहरू समावेश छन् । लाइट आउटपुटलाई इच्छित ब्राइटनेश र कलर तापक्रम अनुसार समायोजन गर्न सकिन्छ जसले गर्दा  सधैं उत्कृष्ट सेल्फी खिच्न सकिन्छ । प्रो टिपः शान्त सडक वा कोठा जस्ता कम प्रकाश भएका परिदृश्यहरूमा सेल्फीहरू क्लिक गर्दा यसलाई प्रयोग गरिन्छ।

रातमा तस्बिरहरू क्लिक गर्नका लागि सुपर नाइट सेल्फी + सुपर वाइड–एंगल नाइट सेल्फी विशेषता छन् जसले कम प्रकाशमा खिचिएको सेल्फीहरू अझ स्पष्ट र उज्यालो बनाउँछ । चाहे एकलै वा समूहमा फोटो खिच्दा होस्, यो विशेषताले उत्कृष्ट सेल्फी लिन मद्दत गर्नेछ । सुपर नाइट मोडको अर्को शक्तिशाली संस्करण एआई एक्स्ट्रिम नाइट पोट्र्रेट मोड हो । सुधारिएको मल्टि–फ्रेम नोइज घटाउने र एआई हाई–डेफिनिशन टेक्नोलोजीको साथ, यसले अँध्यारोमा उत्कृष्ट फोटोहरू लिन मद्दत गर्दछ । प्राकृतिक पोट्र्रेटले तपाईंलाई स्टाइलिश फोटो र भिडियोहरू खिच्न मद्दत गर्नेछ । यसको सबैभन्दा राम्रो पक्ष भनेको अत्याधिक ब्यूटिफाइंग वा इडिटिंग फ्रन्ट क्यामेरा फिल्टरहरू प्रयोग गर्नको सट्टा, भि२३ फाइभजीबाट खिचिएका तस्वीरहरुले प्राकृतिक सौन्दर्य प्रकट गर्दछ र तपाइँको अद्वितीय विशेषताहरूलाई हाइलाइट गर्दछ ।

६४ एमपी जीडब्लु१ (GW1) सुपर–सेन्सिङ क्यामेरामा ०.८ माइक्रोमिटर पिक्सेलको जीडब्लु१ (GW1) इमेज सेन्सर प्रयोग भएको छ, जसमा राम्रो प्रकाश संवेदनशीलता हन्छ । मुख्य क्यामेरामा दुईवटा सेकेन्डरी क्यामेराहरूः एउटा ८एमपी वाइड–एंगल लेन्स र २एमपी म्याक्रो क्यामेरा छन् । यो स्मार्टफोन हरेक फोटोग्राफरको सपना हो किनभने यसले विशाल प्राकृतिक परिदृश्यदेखि लिएर सानो दृश्यहरु पनि खिच्छ ।यी सबै विशेषताहरुले कसरी भि२३ फाइभजी सबै फोटो उत्साहीहरू र सेल्फी प्रेमीहरूको लागि सपना हो भनेर दर्शाउँछ ।  यो स्मार्टफोन प्रयोग गरेर उतकृष्ट तस्विरहरूको अनुभव गर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी