काठमाडौं । आगामी २६ चैतमा काठमाडौं युथ कनक्लेभ हुने भएको छ । युनिभर्सल कलेज, न्युसमिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा युथ कनक्लेभ हुन लागेको हो । कार्यक्रमको डिसहोम फाईबरनेट इन्टरनेट पार्टनर रहेको छ ।
विभिन्न क्षेत्रमा ख्याती प्राप्त, अनुभवी तथा उल्लेख प्रगति गरेका व्यक्तिहरूको ज्ञान, सीप, अनुभव बाँडी चौतर्फी विकासमा योगदान पुर्याउन युवालाई उत्साहित र अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । साथै, युवालाई विदेश जानुभन्दा नेपालमै सम्भावना खोज्न उत्साहित गरी राष्ट्र सेवामा अभिप्रेरित गर्न कार्यक्रमले भूमिका खेल्ने आयोजकको विश्वास छ । कार्यक्रममा १६ देखि २५ वर्ष उमेर समूहका पाँच हजार युवा सहभागी हुने विश्वास आयोजकको छ । कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।
यस वर्षको काठमाडौं युथ कनक्लेभ अवार्ड गायक सुशान्त केसीलाई दिने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त अवार्डको पुरस्कार राशि १ लाख र सम्मान रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्