×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आदर्श लघुवित्त र राप्ती हाइड्रोले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

PRIME CA

आदर्श लघुवित्त र राप्ती हाइड्रोले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

११ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गर्ने भएको छ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ बिक्री गर्न अनुमति दिएको हो । बोर्डले जेठ १० गते मंगलबार दुई कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको हो । राप्ती हाइड्रोले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री गर्ने भएको छ ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ जारी गर्न २०७८ भदौ ८ गते धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले जारी पूँजीको ४८ प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । २९ करोड ४१ लाख ४१ ह्जार रुपैयाँको आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २७ लाख ६६ हजार ८०० रुपैयाँ पुग्नेछ ।

यस्तै आदर्श लघुवित्तले आईपीओ निष्कासन गर्न २०७८ असोज २० गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीले जारी पूँजी २ करोड ७ लाख रुपैयाँको ३२.३७ प्रतिशतले हुने ६७ लाख बराबरको ६७ हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । ६७ लाख रुपैयाँ बराबरको सेयर जारीपछि कम्पनीको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: