×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘लाजै पचाएर’ धितोपत्र बोर्डको संचालकमा अन्जन श्रेष्ठ, नियमन हुने पनि आफैं, नियमन गर्ने पनि आफैं ! (प्रमाणसहित)

काठमाडौं । केहि समय अगाडी व्यवसायी चन्द्र ढकाल नेपाल धितोपत्र बोर्डको संचालक समितिमा रहेको कुरालाई लिएर नैतिक प्रश्न उठ्यो । उनी दर्जनौं पब्लिक कम्पनीमा पनि संचालक र बोर्डमा पनि संचालक भएपछी उनीमाथि नैतिक प्रश्न उठेको थियो । नियमन गर्ने पनि आफैं नियामक पनि आफैं हुनु नैतिक काम नभएको भन्ने प्रश्न उठेपछि उनले महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी दिएका थिए । अर्थात बोर्डको संचालक पदबाट उनी यहि कारण बाहिरिएका थिए ।
चन्द्र ढकालले छोडेपछि नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायी अन्जन श्रेष्ठलाई बोर्डको संचालक पदमा रहनेगरी प्रतिनिधि पठायो । तर उनै श्रेष्ठ पनि अनैतिक धरातलमा धितोपत्र बोर्डको संचालक पदमा बसेको तथ्य अर्थ सरोकारले फेला पारेको छ । धितोपत्र बोर्डले नियमन गर्ने संस्था साल्ट ट्रेडिङ कर्पोरेसनमा उनी संचालक छन् । र सो कम्पनीलाई नियमन गर्ने संस्था धितोपत्र बोर्डमा पनि उनी संचालक छन् ।
धितोपत्र बोर्डलाई यो तथ्य थाहा भएपनि बोर्डले ठुलो व्यवसायी भएका कारण श्रेष्ठलाई केहि पनि भन्न सकेको थिएन । यद्यपी बोर्डभित्रै श्रेष्ठ बोर्डको संचालक पदमा कसरी बस्न मिल्छ र ? भन्ने प्रश्न उठेको थियो । यस विषयमा बुझ्न खोज्दा निरज गिरीले फोन नै उठाउँदैनन् । यसो त गिरी आफैं पनि सार्है विवादित व्यक्ति हुन् । उनी यतिबेला स्वार्थ बाझिने गरी आफैंले नियमन गर्ने संस्थाका प्रतिनिधिहरुसँग ट्रेकिङमा मस्त छन् । स्रोतका अनुसार उनी एक विषयमा ‘डिल’ गर्नका लागि स्वार्थ बाझिने व्यक्तिहरुसँग ट्रेकिङको बहानामा जागिरबाट बिदा लिएर घुम्न हिंडेका छन् ।
यता व्यवसायी अन्जन श्रेष्ठ पनि यस विषयमा बुझ्न खोज्दा सम्पर्कमै आएनन । हामीले पटक पटक उनको नम्बरमा यस विषयमा बुझ्न फोन गर्यौं । तर उनले फोन नै उठाएनन् ।
धितोपत्र बोर्ड भनेको पुँजी बजारसँग सम्बन्धी नियमकानून बनाउने, त्यसको कार्यान्वयन गर्ने, सूचिकृत कम्पनीहरुको नियमन गर्ने निकाय हो । सूचिकृत कम्पनीको अध्यक्ष तथा सञ्चालक स्वयं बेर्डको सञ्चालक समितिमा बसेर आफैंलाई कसरी नियमन गर्छ ? भन्ने गंभीर प्रश्न जसरी यसअघि चन्द्र ढकालमाथि उठेको थियो, त्यसैगरी अहिले यहि प्रश्न अन्जन श्रेष्ठ र धितोपत्र बोर्डमाथि उठेको छ । धितोपत्र बोर्डको कानूनमा संचालक समितिमा एकजना प्रतिनिधि नेपाल उद्योग वाणिज्य महासंघबाट र अर्को नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान) बाट हुने व्यवस्था छ ।
बोर्डका संचालक भन्छन्, ‘लाज लाग्नुपर्नेलाई नलागेपछि हामीले के गर्ने ?’
यस विषयमा धितोपत्र बोर्डका एक संचालक भने रुष्ट छन् । आफ्नो नाम नबताउने सर्तमा उनले श्रेष्ठ बोर्डमा बस्नु अनैतिकमात्र होइन अनैतिकताको पराकाष्टा भएको बताउँछन् । ‘कानुनले उनलाई यहाँ आउन निषेध गर्दैन। तर नैतिकता भन्ने पनि कुरा हुन्छ । श्रेष्ठजीलाई आफु नियमनकारी निकायको संचालक छु र नियमन हुने संस्थाको पनि संचालक छु भन्ने थाहा नभएको होइन । तर यति जानेर पनि लाजै पचाएर बोर्डमा संचालक हुन आएपछि हामीले के गर्ने ?’ ती संचालकले अगाडी भने – ‘त्यसो भए चन्द्र ढकालले किन धितोपत्र बोर्डको संचालक छोडेको ? उनले छोड्नुपर्छ भने श्रेष्ठले पर्दैन ?’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: