काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर बाँडफाँट गरेको छ । कम्पनीले १ः०.३९३६ अनुपातमा बिक्री गरेको हकप्रद सेयर जेठ ५ गते बाँडफाँट गरेको हो । कम्पनीले चैत २५ गतेबाट वैशाख १५ गतेसम्म कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । रितपूर्वक आवेदन दिएका १ लाख १३ हजार १५३ जना सेयरधनीहरुलाई १ करोड ४ लाख ७ हजार ८१५ कित्ता हकप्रद सेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमध्ये ४ लाख ५२ हजार १८५ कित्ता हकप्रद सेयर बिक्री भएको छैन । बिक्री नभएको उक्त हकप्रद सेयर अब लिलामी प्रक्रियामार्फत बिक्री खुला हुने कम्पनीले जनाएको छ । उक्त हकप्रद सेयरमा आवेदन दिएका सेयरधनीहरुलाई बाँडफाँटमा नपरेको सेयर वापतको रकम जेठ ९ गते सोमबारदेखि सम्बन्धित सेयरधनीको बैंक खातामा फिर्ता गरिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्