×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गठबन्धनका उम्मेदवारका लागि २० भोटको दुई लाख डिमाण्ड ! (सुन्नुहोस् अडियो)

PRIME CA

गठबन्धनका उम्मेदवारका लागि २० भोटको दुई लाख डिमाण्ड ! (सुन्नुहोस् अडियो)

अर्थ सरोकार

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार

नुवाकोट । चुनावमा पैसाको खेलो हुन्छ भन्ने चर्चा नयाँ होइन । तर नगरपालिकामा २०-२५ भोटका लागि स्थानीय जनप्रतिनिधिहरुले २ लाख रुपैयाँसम्म तिर्छन् भन्दा केहिलाई पत्यार नलाग्न सक्छ । तर नुवाकोटमा यस्तै भएको छ ।नुवाकोटको बेलकोटगढी नगरपालिकामा सत्तारूढ दलहरूको गठबन्धनले २० मतका लागि दुई लाख रूपैयाँ तिर्न तयार भएको र यसका लागि ‘डिल’ भएको अडियो सार्वजनिक भएको छ ।

बेलकोटगढी १ का निवर्तमान वडा अध्यक्ष सुब्बा तामाङले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार रहेका बद्रीप्रसाद ढुंगानाका लागि २० मत लिन पैसाको डिल गरेर फाइनल गरेको अडियो बाहिर आएको हो । अडियोमा सुब्बा तामाङले वडा अध्यक्षमा उम्मेदवार ढुंगानासँग मागेर आफूले बिहानको राति नै दुई लाख रूपैयाँ घरमै पुर्याइदिने बताएका छन् । अडियोमा साथी भनेर यति सहयोग गरेको र ‘धेरै के माग्नु ? २ लाख रुपैयाँ दिनुहोस्’ भनिएको प्रष्ट सुन्न सकिन्छ ।

सुरुमा पैसा दिनेले फोन गरेका छन् । उनले भोलिपल्ट विहानै ४ बजेतिर पैसा ल्याईदिने भनेका छन् । पैसा लिनेले भोलि  त माहोल नै सकिन्छ भनेर आज नै पैसा चाहियो भन्ने आशय व्यक्त गरेका छन् । त्यसपछि पैसाको डिल भएको छ । माग्ने व्यक्तिले २ लाख रुपैयाँ मागेका छन् भने दिनेले ‘हुन्छ’ भनेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: