×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई दिने सार्वजनिक विदा हटाउन उद्योगपति चौधरीको माग, सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न सुझाव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दुई दिने सार्वजनिक विदा हटाउन उद्योगपति चौधरीको माग, सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न सुझाव

Artha Sarokar

१० जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उद्योगपति एवं सांसद विनोद चौधरीले २ दिन सार्वजनिक विदा दिनु गलत भएको बताएका छन् । सरकारको डेलिभरी सिष्टम ढिलो रहेको भन्दै सातामा दुई दिने सार्वजनिक विदा दिनु गलत भएको बताएका हुन् । मंगलबार अर्थसमितिको छलफलमा बोल्दै उनले २ दिन सार्वजनिक विदा दिनुको साटो सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न सुझाव दिएका हुन् ।

एक वर्षमा १६५ दिनसम्म विदा हुने अवस्था आएको कारण पनि २ दिन विदा दिने निर्णय खारेज गर्नुपर्ने बताएका हुन् । उद्योगपति चौधरीले नेपालमा श्रमको लागत बढी रहेकाले दुई दिन छुट्टी प्रत्युत्पादक हुने बताए । यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि विकासशील देशले झन् बढी काम गर्नुपर्ने भन्दै दुई दिन बिदा दिने सरकारको निर्णय गलत भएको बताए ।

सरकारले इन्धनको खपत घटाउने उद्देश्यका साथ सातामा दुई दिने विदा दिने निर्णय गरेको थियो । तर पनि अस्पताल, विद्यालय लगायत क्षेत्रमा नकारात्मक असर पार्ने भन्दै विज्ञहरुले समेत सरकारले लागू गरेको आइतबार र शनिबार सार्वजनिक विदा दिने निर्णय सच्याउनुपर्ने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी