×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पूँजी बजारमा ओभर नाइट नाफा कमाउने र एक्जीट गर्ने काम भइरहेको छ’ : उद्योगपति चौधरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘पूँजी बजारमा ओभर नाइट नाफा कमाउने र एक्जीट गर्ने काम भइरहेको छ’ : उद्योगपति चौधरी

Artha Sarokar

११ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सासंद तथा उद्योगपति विनोद चौधरीले पूँजी बजारमा ओभर नाइट नाफा कमाउने र एक्जीट गर्ने काम भइरहेको बताएका छन् । एक तिहाइ मानिसहरु पुँजी बजारमा संलग्न भइरहेको समयमा पूँजी बजारलाई कसरी रिभाइभ गरेर भाइब्रेन्ट बनाउन सकिन्छ भन्ने बारेमा काम गर्न आवश्यक रहेको पनि चौधरीले बताए । यस्तै पूँजी बजार देशको ऐना भएको पनि बताए । साथै राम्रो सरकार आयो भने इन्डेक्स माथि जान्छ र इन्डेक्स कम हुँदा कमजोर सरकार आएछ भन्ने भनाई उनको रहेको छ ।

सरकारको पूँजी बजार प्रतिको नीति भनेको कसरी दबाबमा राख्ने र बाहिरको मानिसहरुलाई लगानी गर्न नदिएको बताएका छन् । बेरोजगारकिो समस्या पनि जटील बन्दै गएको गुनासो उनले गरेका छन् । त्यसैगरी उनले कृषि उत्पादनलाई सरकारले विषेश जोड दिनु पर्ने बताए । उनले कुनै न कुनै माध्यमबाट ३० प्रतिशत पैसा कृषिको खल्तिमा नपुग्दासम्म कृषि क्षेत्रको सुधार नहुने बताएका हुन् ।

यस्तै चौधरीले भन्सारमा हुने गरेको चुहावट मात्रै नियन्त्रण गरे राजस्व संकलन दोब्बरले बढ्ने बताएका छन् । चौधरीले आगामी आर्थिक वर्षको बजेटका लागि सरकारलाई सुझाव दिँदै करदर बढाउने भन्दा पनि भन्सारमा भएका कमजोरीलाई सुधार गरेको खण्डमा भन्सार शुल्क दोब्बरले बढ्ने बताए । स्वदेशी र विदेशी बस्तुलाई समान करका दर कायम गरेर उत्पादन बढाउन नसकिने उनको बुझाई छ ।

यस्तै उनले स्वदेशी कच्चा पदार्थमा लगाइएका कर नघटाउन र आयात गरिने कच्चा पदार्थमा कर बढाइदिन सरकारलाई आग्रह गरेका छन् । भन्सारलाई पूर्ण प्रविधि मैत्री बनाएको खण्डमा भन्सार शुल्क पनि दोब्बर गर्न सकिने उनले बताएका छन् । पर्यटकीय क्षेत्रले प्रयोग गर्ने विद्युत महशुलमा कमी गर्नुपर्ने समेत उनको सुझाब पनि उनले दिएका छन् । त्यसका साथै सरकारले पेट्रोलियम पदार्थको आपूर्ति नेपाल आयल निगमको एकाधिकार तोड्न समेत उनले सुझाव दिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी