काठमाडौं । सेञ्चुरी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकले वैशाख २१ गतेदेखि बिक्रीमा ल्याएको ऋणपत्र बिक्री नभएपछि आवेदन दिने म्याद बढाएर जेठ ४ गतेसम्म पुर्याइएको हो । बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।
यसले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २२ लाख इकाई ऋणपत्र जारी गरेको हो । जसमध्ये १३ लाख २० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख ७० हजार इकाई सर्वसाधारणका लागि खुला गरेको छ भने १० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ ।
सेञ्चुरीले १० वर्ष अवधिको ‘सेञ्चुरी डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.५० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख ७० हजार इकाईसम्म आवेदन दिन सकिने भएको छ । यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्