काठमाडौं । सेन्चुरी बैंकको ऋणपत्रमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको प्रतिइकाई १ हजार रुपैयाँको दरमा २२ लाख इकाई ऋणपत्रमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।
बैंकले वैशाख २१ गतेदेखि २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । जसमध्ये १३ लाख २० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको भने १० हजार कित्ता म्युचुअल फण्डलाई छुट्याएको छ । बाँकी ८ लाख ७० हजार इकाई सर्वसाधारणका लागि खुला गरेको हो । सेन्चुरीले १० वर्ष अवधिको ‘सेञ्चुरी डिबेन्चर २०८८’ जारी गर्न लागेको हो ।
यसमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने भएको छ । ऋणपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख ७० हजार इकाईसम्म आवेदन दिन सकिने भएको छ । यसमा सी-आस्वा र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्