नवलपुर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ जेठ ९ गतेदेखि कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोक मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन्। उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत, दिपेश प्रधान लगायत बैंकका कर्मचारी, कावासोती च्यामबरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
२०७८ चैत्रमसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १३७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्