Skip to content
LAXMI SUNRISE BANK

आन्दोलन तुहिईसकेपछि नेपाल बंगलादेश बैंकभित्र सीइओको सर्कुलर- ‘कर्मचारीको गतिविधिबाट हामी निराश छौं’

अर्थ सरोकार

काठमाडौँ । नेपाल बंगलादेश बैंकका कर्मचारीहरुहरुले सुरु गरेको आन्दोलन एक दिनमै तुहिएपछि बैंकका कामु सीइओको नाममा आन्तरिक सर्कुलर जारी भएको छ । बैंक उच्च व्यवस्थापनले नबिल बैंकसँग प्राप्तिको क्रममा कर्मचारीहरुको समायोजन सम्मानजनक नै हुने, र कर्मचारीहरुलाई आन्दोलनका कार्यक्रम नगर्नु भन्ने आशयसहितको परिपत्र जारी गरेको हो । बैंकले कर्मचारीहरुको गतिविधिका कारण बैंकको छविलाई असर गर्ने भन्दै यस्ता काम नगर्न भन्दै परिपत्र जारी गरेका हुन्।
‘हामी सबैलाई थाहा छ, हाम्रो बैंक नबिल बैंकसँग प्राप्तिको प्रक्रियामा छ र कर्मचारी समायोजनको लागि संयुक्त मर्जर समितिसँग वार्ता भइरहेको छ । हामी नेपाल बंगलादेश बैंकको स्टाफ युनियनको मागलाई सम्बोधन गर्न सक्दो प्रयास गरिरहेका छौं । यस्तो अवस्थामा कुनैपनि पक्षबाट विरोध गर्दा, वार्ता प्रक्रियामा बाधा पुग्न सक्छ । र त्यसले हामी आफैलाई असर गर्छ । त्यसले हाम्रो बैंकको छविलाई पनि हानी पुर्‍याउँछ।’ सो परिपत्रमा भनिएको छ- ‘यस परिपत्रले बैंकको व्यवस्थापन विरुद्ध मर्जर सम्बन्धी विरोधका यस्ता गतिविधिबाट हामी अत्यन्तै निराश भएको कुरा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छ । यस समस्याले हाम्रो संस्थाको प्रतिष्ठालाई अत्यन्तै नराम्रो तरिकाले हानि पुर्‍याउन सक्छ । हामीले हाम्रो बैंकका कर्मचारीहरूको हितको लागि बारम्बार वार्ता गर्ने प्रयास गरिरहेका छौं र यसबारे धेरै पटक जानकारी गराइसकेका छौं । त्यसैको फलस्वरूप, हाम्रो संस्थाप्रतिको गैरजिम्मेवारपूर्ण क्रियाकलापको बारेमा सचेत गराउन यो परिपत्र जारी गर्ने अपरिहार्य परिस्थितिबाट गुज्रिरहेका छौं। हाम्रा कर्मचारीहरूको हितको लागि संयुक्त मर्जर समितिसँगको वार्ता सहज रूपमा सम्पन्न गर्नका लागि तत्काल आन्दोलन बन्द गर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ। तसर्थ, सबै कर्मचारीहरूलाई भविष्यमा तपाईंको करियरलाई हानि पुर्‍याउने त्यस्ता गतिविधिहरूमा भाग नलिन सल्लाह दिइन्छ।’
बैंकले सो परिपत्र गर्दासम्म बैंकको आन्दोलन भने तुहिईसकेको छ । अर्कोतर्फ बैंकले १५ बर्ष काम गरेका र ५० बर्षभन्दा माथिकालाई भीआरएस स्किम अन्तर्गत बैंक छोड्न सक्ने विकल्प पनि दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK