Skip to content
LAXMI SUNRISE BANK

सिभिल क्यापिटल मार्केट लि.को धमाका सार्वजनिक विदामा कार्यालय खुल्ने

अर्थ सरोकार

काठमाडौं। सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पुर्ण ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि २०७९ आषाढ मसान्तसम्म नयाँ डिम्याट खाता राजिस्त्रशन, पहिलो वर्षको नविकण शुल्कमा लाग्ने रु.१५०।०० निःशुल्क (Free) गरिएको र मेरो शेयर खाता खोल्दा लाग्ने शुल्क रु.५०.०० भने कम्पनीले लिने र त्यसै गरी PMS/Corporate Advisory सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताउनु भयो । PMS/Corporate Advisory, सेवामा मिति २०७९ आषाढ मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ ।

विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक शेयर निश्कासन (IPO) निक्षेप सदस्य (DP), लगानी व्यवस्थापको कार्य (PMS), शेयर प्रत्याभुति (Underwriting) र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ । शुरुदेखि हालसम्म IPO-३० वटा, RTS- ३५ वटा, Right Share-३२ वटा, Share Auction -२० वटा विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरीसकेको छ । निकट भविष्यमा नै सामुहिक लागानी कोष (Mutual fund) शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए । यस संस्थाले दिईरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया , लगानी व्यवस्थापको कार्यको सुझाव, आइपिओ परामर्श लगायतका सेवाहरु सिभिल बैंक लि.को सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताए । यो योजना यहि २०७९ साल बैशाख ११ गते आइतबारबाट लागु भइरहेकोेछ ।

संस्थाले सन्ध्याकालिन सेवाको समेत विगत मिति २०७६ मंसिर २४ गतेदेखि संचालन गरिरहेको छ । आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दु्रत गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिने सुविधा दिन पनि संस्था लागिपरीरहेको प्रमुख कार्यकारी अधिकृतले बताए । ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै आगामी मिति २०७९ जेष्ठ १ गते आइतवारबाट सार्वजनिक विदाका दिनहरुमा (शनिबार बाहेक) विहान ११ः०० बजेदेखि दिउंसो २ः०० बजेसम्म संस्थाको सम्पुर्ण सेवाहरु सुचारु हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK