काठमाडौं। विगत १३ बर्षदेखी सेवारत यस संस्थाले आइपिओ निष्कासन , निक्षेप सदस्य DP, लगानी व्यवस्थापको कार्य PMS, सेयर प्रत्याभुति (Underwriting ) र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ । शुरुदेखि हालसम्म आइपिओ ३० वटा, RTS ३५ वटा, Right Share ३२ वटा, Share Auction २० वटा विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरीसकेको छ । आजका मितिसम्म DP खाता १,१४,००० भन्दा बढी खोलिसकिएको तथा निकट भविष्यमा नै सामुहिक लागानी कोष Mutual fund शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृत झनकराज ढंगेलले बताए ।
यस संस्थाले दिईरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, सेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापको कार्यको सुझाव, आइपिओ परामर्श लगायतका सेवाहरु सिभिल बैंक लिको सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताए । संस्थाले सन्ध्याकालिन सेवाको समेत विगत मिति २०७६ मंसिर २४ गतेदेखि संचालन गरिरहेको छ । आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दुरुत गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिने सुविधा दिन पनि संस्था लागिपरीरहेको प्रमुख कार्यकारी अधिकृतले बताए ।
ग्राहकवर्गहरुको हितलाई नै सर्वोपरी ठानी आधुनिक सेवा सुविधालाई मध्यनजर गर्दै आज मिति २०७९ जेष्ठ १ गते आइतवारदेखि सवै सार्वजनिक विदा तथा आइतवारका दिनहरुमा (शनिबार बाहेक) विहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म संस्थाको सम्पुर्ण सेवाहरु सुचारु हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्