Skip to content
LAXMI SUNRISE BANK

एक्सेल डेभलपमेन्ट बैंकको नयाँ शाखा संचालनमा, अइन्द्र बिक्रम बेघा र पुरुषोत्तम लम्सालद्वारा उद्घाटन

अर्थ सरोकार

धरान । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नंं ३ अन्तर्गत धरान बजारमा नयाँ शाखाको औपचारिक उद्घाटन मिति २०७९ साल जेठ १७ गते मंगलवारका दिन सम्पन्न गरेको छ । उक्त धरान शाखाको उद्घाटन प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र बिक्रम बेघा र बैंकका संचालक पुरुषोत्तम लम्सालले संयुक्त रुपमा गरेका हुन् ।

आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको धरान बजारमा ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता वमोजिम आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गर्नुका साथै उनीहरुकै रोजाइको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing, QR Code तथा स्मार्ट मोवाईल  बैंकिङ (Smart Mobile Banking), भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको Visa Debit Card, रेमिटान्स सेवा लगायतका अधिकांश बैंकिङ सेवाहरु उक्त नवस्थापित शाखा कार्यालय धरानबाट प्रदान गरिने छ ।

यस बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु १० अर्व ५८ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु ११ अर्व २७ करोड गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४३ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहरु समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने यसै महिनाभित्रमा मोरङ जिल्लाको पथरीमा थप नयाँ शाखा संचालनमा आउने र आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कार्य संजाल वृद्धि गर्ने उदेश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको छ ।

एक्सेल डेभलपमेन्ट बैंक लि.का संचालक पुरुषोत्तम लम्सालको अध्यक्षतामा सम्पन्न भएको शाखा उद्घाटन कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक अशोक क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए तथा बैंकको वर्तमान गतिविधिहरुका बारेमा प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले प्रकाश परेका थिए । उक्त कार्यक्रममा संस्थापक शेयरधनी डा. रुपक खनाल, मितेरी डेभलपमेन्ट बैंक लि. का प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्ती, धरान उपमहानगरपालिका वडा नं ३ का वडा अध्यक्ष विद्या शाक्य लगायतले शुभकामना मन्तव्य राखेका थिए भने प्रमुख अतिथी धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र बिक्रम बेघाले आफ्नो मन्तव्य सहित शुभकामना प्रदान गरेका थिए । उक्त उदघाट्न कार्यक्रमको संचालन बैंकका कम्पनी सचिव श्याम बहादुर बोहोराले गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK