×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले नाफा कमाए !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शुक्रबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले नाफा कमाए !

६ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १५.८२ अंकले घटेर २२३५.०९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) का अनुसार शुक्रबार कुल २२३ कम्पनीको २५ लाख २४ हजार २ सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा ९३ करोड २२ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको ३ करोड २ लाख ४५ हजार ५ सय ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी शुक्रबारको सेयर बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा २ प्रतिशत भन्दा बढीले बढेको हो । यस अलावा श्री इन्भेस्टमेन्ट फाईनान्स , लक्ष्मी लघुवित्त वित्तीय संस्था, एनएमबी हाईब्रिड -१, र मिर्मिरे माइक्रोफाईनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै शुक्रबारको सेयर बजारमा तेर्हथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । तेर्हथुमको सेयरमा यस्तो गिरावट आउँदा प्रभु लाईफ इन्स्योरेन्स ,एनएमबि-५० र लुम्बिनी जनरल इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको ३ करोड २ लाख ४५ हजार ५ सय ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्ट्रीलरी ,सांग्रिला डेभल्पमेन्ट बैंक , नेपाल रिइन्स्योरेन्स कम्पनी र अपी पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: