×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिहिबारको सेयर बजार : मेगा बैंक लिमिटेडमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

काठमाडौं । साताको कारोबारको चौथो दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ८.०३ अंकले बढेर २२३९.६० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) का अनुसार बिहिबार कुल २२२ कम्पनीको २३ लाख २४ हजार ६ सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा ८८ करोड ९८ लाख माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार मेगा बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ४२ लाख १४ हजार ४ सय ६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहिबारको सेयर बजारमा मेगा बैंक लिमिटेडका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा नारायणी डेभलपमेन्ट बैंक, कुमारी इक्युटी फण्ड, ग्रीन लाइफ हाईड्रोपावर र एनआइबियल सम्वृद्धि फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा गुराँस लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत भन्दा धेरैले घटेको हो । गुराँसको सेयरमा यस्तो गिरावट आउँदा संगति हाईड्रो इनर्जि,रुरु जलबिद्युत र माउन्टेन इनर्जि नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार मेगा बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ४२ लाख १४ हजार ४ सय ६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलाबा अरुण काबेली पावर, जाल्पा सामुदायिक लघुवित्त,नबिल बैंक र अपर तामाकोशीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: