×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शुक्रबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए !

Artha Sarokar

१३ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाचौँ दिन शुक्रबार नेप्से परिसूचक घटेक छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १५.८२ अंकले घटेर २२२३.७८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २२३ कम्पनीको ४१ लाख ४० हजार ६ सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको १७ करोड ६० लाख ७५  हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी शुक्रबारको सेयर बजारमा रुरु जलविद्युतका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो। यस अलावा नारायणी डेभलपमेन्ट बैंक, उपकर लघुवित्त, मेगा मुउचल फण्ड -१ र एनआइसी एशिया फण्ड – ३० का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै शुक्रबारको सेयर बजारमा दिब्यशोव्री हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ३ प्रतिशत भन्दा धेरैले घटेको हो । दिब्यशोव्रीको सेयरमा यस्तो गिरावट आउँदा हिमाल दोलखा हाईड्रोपावर,कर्णलि डेभलपमेन्ट बैंक र अपर तामाकोशी हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको १७ करोड ६० लाख ७५  हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलाबा मेगा बैंक ,अरुण काबेली पावर, अरुण काबेली पावर,नबिल बैंक र अपर तामाकोशीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी