×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ करोड ६ लाख ७७ हजार रुपैयाँ नोक्सानीमा घलेम्दी हाइड्रोपावर कम्पनी, प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ३४ पैसा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

१ करोड ६ लाख ७७ हजार रुपैयाँ नोक्सानीमा घलेम्दी हाइड्रोपावर कम्पनी, प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ३४ पैसा

२२ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । घलेम्दी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीे यस त्रैमासमा १ करोड ६ लाख ७७ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी २ करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने ८०.७९ प्रतिशतले वृद्धि भएर ३ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले १ करोड ७१ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।

रिजर्भ कोष भने ९१ लाख ३३ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा नोक्सानमा रहेको छ भने प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ३४ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: