काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आइक्यानका पूर्व पार्षदसमेत रहेका नेपाल राष्ट्र बैंकका गभर्नर सिए महाप्रसाद अधिकारीले अर्थतन्त्रको सबै क्षेत्रहरू नेपाल राष्ट्र बैंकले नहेर्ने बताएका छन् । अर्थतन्त्र भनेको नै राष्ट्र भनेर बुझ्नु गलत भएको बताउँदै उनले यस्तो बताएका हुन् ।
अर्थतन्त्रका प्रमुख चार क्षेत्रहरुमध्ये अन्तिमको एउटा क्षेत्र मात्रै राष्ट्र बैंकले हेर्ने उनको भनाई छ । ‘अर्थतन्त्र भनेको राष्ट्र बैंक, राष्ट्र बैंकको अर्थतन्त्र भन्ने हिसाबले बुझ्ने गरेको पाइन्छ, त्यो होइन’ उनले भने, ‘रियल सेक्टर छ, एक्सटरनल सेक्टर छ साथै फिस्कल र मनिटरी सेक्टर छ, अन्तिमको पार्ट मात्रै हाम्रो हो ।’
कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको आर्थिक स्थिति र त्यसमा राष्ट्र बैंकले गरिरहेका विभिन्न खालका कामहरुबारे पनि प्रकाश पारेका थिए । अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर बनेका पहिलो सिए हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्