पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेण्ट बैंक लिमिटेड र पोखराको एकमात्र केवलकार कम्पनी अन्नपुर्ण केवलकार प्रा.लि.बीच बिहिबार केवलकार शुल्कमा छुट दिने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र वमोजिम ग्रीन डेभलपमेण्ट बैंक लि.का ग्राहकहरुले आफ्नो एटिएम कार्ड वा मोवाईल बैंकिङमार्फत् भुक्तानी गर्दा केवलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका छन् ।
उक्त सम्झौतामा बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले र केवलकार कम्पनीका तर्फवाट कम्पनीका महाप्रवन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्र हस्ताक्षर समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत आचार्यले पोखराको पर्यटन विकासका लागि संचालनमा ल्याईएको केवलकार सुविधा प्रयोग गरि वैंकका ग्राहकहरुले पर्यटन विकासमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरे।
सोही कार्यक्रममा बोल्दै केवलकार कम्पनीका महाप्रवन्धक पौड्यालले पोखराको फेवाताल र सराङ्गकोटका साथै हिमालको दृश्यावलोकनलाई ध्यान दिएर सुरु गरिएको केवलकार सेवाले पोखराको पर्यटनलाई टेवा पुर्याएको र ग्रीन डेभलपमेण्ट बैंकसँग सम्झौता गरि बैंकका ग्राहकहरुलाई समेत सुविधा दिन पाउँदा कम्पनी खुशी भएको बताए ।बैंकले हाल कास्की, वागलुङ, म्याग्दी, तनहूँ र नवलपुरका विभिन्न स्थानहरुमा रहेका १६ वटा शाखा कार्यालयहरु मार्फत् आफ्ना विभिन्न आधुनिक बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्