×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिडियामा कसरि फैलियो ज्ञानेन्द्र ढुंगाना नबिलको सीइओ नियुक्त भएको ‘गलत समाचार’ ? सहि कुराचाहिं यो हो…

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

मिडियामा कसरि फैलियो ज्ञानेन्द्र ढुंगाना नबिलको सीइओ नियुक्त भएको ‘गलत समाचार’ ? सहि कुराचाहिं यो हो…

काठमाडौं । सोमबार एकाएक केहि अनलाइन संचारमाध्यममा ज्ञानेन्द्र ढुंगाना नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएको खबर आयो । केहि आर्थिक अनलाइनले लेखेको सो समाचारलाई अरु आर्थिक अनलाइन र गैरआर्थिक अनलाइन संचारमाध्यमले पनि ‘फलो’ गरे । जसमा भनिएको थियो- ‘बैंकको सञ्चालक समितिको बैठकले ढुंगानालाई असार १७ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको छ ।’ समाचारमा एनबी एक्विजिसनमा सघाएकाले ढुंगानालाई सीइओ नियुक्त गरिएकोसमेत उल्लेख गरिएको थियो । यो समाचार एकाएक एक दुईमात्र नभई धेरै मिडियामा आउन थालेपछि अहिले ज्ञानेन्द्र ढुंगानालाई केहिले बधाईसमेत दिइरहेका छन् । कतिपयले उनको फोटो नै राखेर उनलाई सामाजिक संजालमा बधाई दिइरहेका छन् । तर उनको नियुक्ति भएको समाचार भने गलत हो । उनलाई बैंकको संचालक समितिले अझसम्म सीइओमा नियुक्त गरेको छैन ।
भएको के हो ? पत्रकार साथीहरु कहाँ झुक्किए ?
कुनै पनि बैंकको सीइओ नियुक्त गर्न संचालक समितिको बैठक बस्नुपर्छ । नबिलमा सो एजेन्डासहितको संचालक समितिको बैठक बसेकै छैन । केहि मिडियामा विशेष साधारण सभाले उनको नियुक्ति गरेकोसमेत लेख्न भ्याएका छन् । तर विशेष साधारण सभासँग सीइओ नियुक्तिको अधिकार हुँदैन । बरु, होचाहिं के भने, विशेष साधारण सभामा संचालक समिति र प्रमुख कार्यकारी अधिकृतको भूमिका बारे तयार भएको स्किम अफ एरेन्जमेन्टमा ज्ञानेन्द्र ढुंगानालाई सीइओ बनाउने सहमति विशेष साधारणसभाले पारित गरेको हो । यसलाई सीइओको नियुक्तिका रुपमा लिन मिल्दैन । सीइओको नियुक्तिमा त एकातर्फ संचालक समितिले गर्छ भने अर्कोतर्फ नियुक्तिमा सेवा सुविधाहरुसहित विस्तृत विवरण उल्लेख गरिएको हुन्छ । समग्रमा भन्नुपर्दा आजको मितिसम्म ज्ञानेन्द्र ढुंगानालाई नबिल बैंकको सीइओमा नियुक्त गरिएको छैन । उनको हैसियत अहिले नबिल बैंकमा भनेको प्राप्ति प्रक्रियामा सहयोगीबाहेक केहिको होइन ।
अझ केहि मिडियाहरुले त कुलीङ लागेकाले उनलाई असार १७ गतेदेखि लागू हुनेगरी सीइओमा नियुक्ति दिइएकोसमेत लेखेका छन् । तर कुरा त्यसो होइन । खासमा ज्ञानेन्द्र ढुंगानाको हकमा कुलिङ नै लाग्दैन । राष्ट्र बैंकले प्राप्ति तथा मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको हकमा सीइओलाई कुलिङ नलाग्ने स्पष्ट व्यवस्था गरिदिएको छ । अर्कोतर्फ कतिपय मिडियाहरुले बरियताको विषयलाई पनि गलत रुपमा प्रस्तुत गरेका छन् । धेरैले नेपाल बंगलादेश बैंकका हालका कामु सीइओ भुपेन्द्र पाण्डेय दोश्रो बरियतामा हुनेछन् भनेर लेखेका छन् । यो पनि सरासर गलत हो । पाण्डेयको बरियता नबिल बैंकमा डेपुटीमा तेश्रो र समग्रमा चौथो हुने सहमति भएको छ । पहिलो सीइओ (नियुक्ति पछि ज्ञानेन्द्र ढुंगाना) दोश्रोमा सुजित शाक्य, तेश्रोमा बिनय रेग्मी र चौथोमा मनोज ज्ञवालीपछि बल्ल भुपेन्द्र पाण्डेयको बरियता आउनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: