×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । हिमालयन र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिने भएपछि दुवैको सेयर कारोबार रोक्का भएको हो । यी दुई कम्पनीहरुबीच वैशाख २२ गते बिहीबार मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतापत्रमा हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिभ सापकोटाले हस्ताक्षर गरेका हुन् । अब दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) सकिएपछि सेयर आदन प्रदान अनुपात (स्वाप रेसियो) तय हुनेछ । हाल हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ छ र एभरेष्ट इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: