×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने समय थपियो, अब कहिलेसम्म दिन पाईन्छ आवेदन ?

PRIME CA
GLOBAL IME BANK

हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने समय थपियो, अब कहिलेसम्म दिन पाईन्छ आवेदन ?

८ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि निक्ष्कासन गरेको ९ लाख कित्ता सेयर आइपीओमा आवेदन दिने समय थप भएको हो । अब उक्त आईपीओमा स्थानीय बासिन्दाहरुले जेठ १६ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले वैशाख २५ गतेदेखि आयोजना प्रभावितलाई आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ अर्थात् साविकको पाचें गाविसको सबै वडाहरु, मादी गाउँपालिकाको वडा नं २ अर्थात् साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दालाई आइपीओ जारी गरेको हो । यसैगरी मादी गाउँपालिका वडा नं ३ र ४ अर्थात् साविकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडाहरु र मादी गाउँपालिकाका वडा नै ६ र ७ साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दाहरुको लागि आइपीओ निष्कासन गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएको खण्डमा भने बाँकी रहेको सेयरमा थप गरी सर्वसाधारणलाई बिक्री खुला गरिने भएको छ । कम्पनीले जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँबाट ९ करोड रुपैयाँको सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको लेखनाथ र न्यूरोड शाखा कास्की, माछापुच्छ्रे बैंकको मादी शाखा कस्कीबाट आवेदन दिन सक्नेछन् । यस्तै मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बढीबजार शाखा कस्की र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कास्कीबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । साथै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: