×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाशिला आधारभूत अस्पताललाई २३ रोपनी जग्गा, २२ करोडको लागतमा निर्माण तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

महाशिला आधारभूत अस्पताललाई २३ रोपनी जग्गा, २२ करोडको लागतमा निर्माण तयारी

Artha Sarokar

२३ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पर्वत । पर्वतको महाशिला गाउँपालिकामा निर्माण हुन लागेको १५ श्ययाको अस्पताललाई जग्गा प्राप्त भएको छ । एक पालिका एक अस्पताल अन्तर्गत १५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्न नेपाल सरकारले नै जग्गा उपलब्ध गराएको हो । रु. २२ करोडको लागतमा निर्माण हुन थालेको उक्त अस्पताल गत मङ्सिरमै शिलान्यास भए पनि जग्गा प्राप्तिमा केही समस्या भएपछि निर्माण कार्य रोकिएका थिए ।

महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित भोेर्ले डाँडाको साविक कित्ता नं ३७० को २३ रोपनी, १३ आना २ पैसा ३ दाम गौचरण जमिन मन्त्रिपरिषद्को सिफारीसमा हालै अस्पताल निर्माण समितिलाई प्राप्त भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिए ।

उनका अनुसार २०७८ चैत २४ को निर्णयबाट जग्गा दर्ता प्रमाणपत्र प्राप्त भएको र सार्वजनिक जग्गा प्रयोगसम्बन्धी कार्यविधिबमोजिम अस्पताल निर्माणका लागि जग्गाको स्वामित्व प्रदान गर्ने स्वीकृति भएसँगै जिल्ला मालपोत कार्यालयले बुधबार जग्गाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

आफ्नो निरन्तरको प्रयासबाट जग्गा प्राप्त गर्न सफल भएकाले अब अस्पताल निर्माण नियमित सञ्चालन हुने वडा नं ५ का वडाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ठकुरीको भनाइ थिए । स्थानीय केही व्यक्तिले उक्त जग्गामा अस्पताल भवन बनाउन नहुने भन्दै मुद्दा दर्ता गरेपछि निर्माण कार्य अघि बढ्न सकेको थिएन । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी