×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो हिमालयन हाइड्रोपावर कम्पनीको आइपीओ, कास्की जिल्लाका बासिन्दाहरुले जेठ २३ गतेसम्म आवेदन दिन सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

खुल्यो हिमालयन हाइड्रोपावर कम्पनीको आइपीओ, कास्की जिल्लाका बासिन्दाहरुले जेठ २३ गतेसम्म आवेदन दिन सक्ने

Artha Sarokar

२५ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैशाख २५ गते आइतबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानीयलाई ९ लाख कित्ता आईपीओ जारी गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ अर्थात् साविकको पाचें गाविसको सबै वडाहरु, मादी गाउँपालिकाको वडा नं २ अर्थात् साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दालाई आइपीओ जारी गरेको हो ।

त्यस्तै मादी गाउँपालिका वडा नं ३ र ४ अर्थात् साविकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडाहरु र मादी गाउँपालिकाका वडा नै ६ र ७ साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दाहरुको लागि आइपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने भएका छन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएको खण्डमा भने बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री गर्ने कम्पनीले जनाएको छ । । उक्त आइपीओमा छिटोमा जेठ ८ गतेसम्म र ढीलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीयले ग्लोबल आइएमई बैंकको लेखनाथ र न्यूरोड शाखा कास्की, माछापुच्छ्रे बैंकको मादी शाखा कस्कीबाट आवेदन दिन सक्ने भएका छन् । त्यस्तै मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बढीबजार शाखा कस्की र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कास्कीबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । साथै सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी