काठमाडौं । नेपाल अडिटर्स एसोसिएसन (अडान)का अध्यक्ष मोहनराज रेग्मीले नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन ऐतिहासिक भएको बताएका छन् । सम्मेलनमा अतिथिको रुपमा बोल्दै उनले आइक्यानले गरेको कार्यक्रम ऐतिहासिक र सहाहनीय रहेको बताएका हुन् । लेखा व्यवसायीहरुले आफ्नो पेशाबारे राज्यलाई बुझाउनुपर्ने दायित्व बढेको बताउंदै उनले यस्तो समयमा आइक्यानले गरेको लेखा व्यवसायी सम्मेलनले खास महत्व र मान राख्ने उनको तर्क थियो ।
साथै कार्यक्रममा बोल्दै उनले लेखापरीक्षण गरेकै कारण लेखापरिक्षकहरुमाथि मुद्धा लागिरहेको विषयतर्फ इंकित गर्दै आफुहरुलाई लाग्ने कानुनमै विभेद भएको बताएका छन् । ‘विभिन्न ऐनले हामीलाई विभेद गरेको छ । यसतर्फ गहिरो बहस आवश्यक छ । ‘अडिटरलाई मतियारका रुपमा चित्रण गरिएको विषयतर्फ इंकित गर्दै उनले भने, ‘हामी पनि पेशागरी खाने मान्छे हौँ, विभेदकारी ऐनहरु सच्चिनुपर्छ।’
आयकर ऐनमा उल्लेख भएका कतिपय व्यवस्था गलत भएको बताउंदै उनले सो कानुन परिवर्तनमा सबै मिलेर लाग्नुपर्नेसमेत बताएका छन् । सो ऐनमा भएको व्यवस्थाको व्याख्या गर्दै लेखापरीक्षण गरेकै कारण मतियार ठहर भई लेखापरिक्षकहरुले दुख पाएको उनको भनाई थियो । यस्ता कुरा बुझाउन सम्मेलन फलदायी होस् भन्ने कामना उनको थियो । आइक्यानले पहिलोपटक यस्तो सम्मेलनको आयोजना गरेको हो । सम्मेलनको पहिलो दिन हल भरिने गरी सहभागीहरु सहभागी भएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्