×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लेखा व्यवसायीहरुको सम्मेलनमा ‘अडिटरलाई मतियार बनाइएको बारे’ बहस : अध्यक्ष र महालेखापरीक्षकले के भने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लेखा व्यवसायीहरुको सम्मेलनमा ‘अडिटरलाई मतियार बनाइएको बारे’ बहस : अध्यक्ष र महालेखापरीक्षकले के भने ?

Artha Sarokar

२१ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलनमा नसोचिएको पारामा ‘मतियार’को बहस उठेको छ । लेखापरीक्षकहरुलाई लेखापरिक्षण गरिएकै कारण प्रहरीले समात्ने र मतियार भएको भन्दै मुद्धा चलाउने प्रवृति बढीरहेका बेला संस्थाले आयोजना गरेको सम्मेलनमा यो विषय पनि जोडदारका साथ उठेको हो । नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग, लगायतकाका प्रतिनिधिहरु एकै ठाउँमा भएका उठेको यो बहसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कार्यक्रममा अधिकांस सहभागीहरुले अडिटरलाई मतियार देख्ने कानुन नै गलत भएको तर्क गरेका थिए । विभिन्न प्रचलित कानुनहरु पूराना भएकाले पनि समस्या आएको बताउँदै सहभागीहरुले यहि कारण स्वतन्त्र रुपमा गरिने लेखापरीक्षणमा जोखिम बढेको तर्क गरेका थिए । मतियारको प्रश्न उठेपछि यस विषयमा आइक्यानका अध्यक्ष र महालेखापरिक्षकले पनि खरो रुपमै बोलेका थिए ।

‘गलत नगर्नुस्, गलत नगर्दैमा समातिनुभयो भने छुटाउन म आउंछु : महालेखापरीक्षक
मतियारकै विषय बढी उठेपछि मंचबाट महालेखापरीक्षक टंकमणि शर्मा दंगाले गलत नगरेकाहरु यस विषयमा डराउनु वा आत्तिनुपर्ने स्थिति नरहेको बताएका छन् । ुगलत काम गरेको भए तपाईं मतियार होइन, तपाईं मुख्य मान्छे हो । गलत काम नै नगरेको भए तपाईं किन डराउने रुु दंगालले कार्यक्रममा बोल्दा हाँसो र तालीले एकैपटक हाल गुञ्जयमान भएको थियो । ‘तपाईंले गलत नगर्दा नगर्दै पनि कसैले समातेर लग्यो भने पनि ढुक्क हुनुस्, छुटाउन म आउंछु ।’उनले दिएको यस्तो तर्कले धेरै लेखाव्यवसायीमा आत्मविश्वास बढेझैं देखिन्थ्यो ।

सबै नियामकलाई साक्षी राखेर आइक्यान अध्यक्षले भने, ‘लेखा व्यवसायीहरुको मुद्धा आइक्यानमा पठाईदिनू’
यता लेखापरिक्षण गरेकै कारण मतियार मानेर लेखापरिक्षकलाई मुद्धा चलाउन खोजिएको विषयमा आइक्यानका अध्यक्षले पनि खरो तर्क दिएका छन् । उनले जसरी चोरीको विषयमा प्रहरीलाइ खबर गर्ने चलन छ, भ्रष्टाचारको विषयमा अख्तियारमा खबर गर्ने चलन छ, त्यसैगरी लेखापरीक्षणको विषयमा कसैको मुद्धा आए आइक्यानमा खबर गर्नुपर्ने बताए । उनले थप स्पष्ट पार्दै भने, ‘प्रहरी साथीहरुले पनि, वा अरु कसैले पनि लेखा व्यवसायीहरुको मुद्धा आयो भने, सातदोबाटोमा आइक्यान छ, त्यहाँ पठाईदिनुहोला । सो मुद्धा हामीले हेर्ने हो।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी