काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने मंगलबार वैशाख २० गते अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १२ गतेबाट ९१ हजार १९५ कित्ता सेयर लिलामी बिक्री खुला गरिरहेको छ । जसमा कम्पनीले सर्वसाधारण समूहको ८८ हजार ९३४ कित्ता र संस्थापक समूहको २ हजार २६१ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्ने कम्पनीले जनाएको छ ।
न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद वैशाख २० गतेसम्म रहेको छ । यसअघि कम्पनीले फागुन २२ गतेबाट चैत १३ गतेसम्म ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको सेयर अहिले लिलामीमा बिक्री गरिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्