काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने समय १ दिन थप भएको छ । सरकारले वैशाख २० गते इद उल फित्रमा सार्वजनिक बिदा दिने निर्णय गरेकोछ । सोही कारण सेयर कारोबार नहुने भएकोले वैशाख २१ गते बुधबार पनि लिलामी भर्न सकिने भएको हो । यसअघि वैशाख २० गते मंगलबरभित्र आवेदन दिनुपर्ने भएको थियो ।
कम्पनीले वैशाख १२ गतेबाट ९१ हजार १९५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । जसमा सर्वसाधारण समूहको ८८ हजार ९३४ कित्ता र संस्थापक समूहको २ हजार २६१ कित्ता सेयर रहेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्