×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्जरमा जाने बीमा कम्पनीहरूलाई करको सुविधा दिन समितिको माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मर्जरमा जाने बीमा कम्पनीहरूलाई करको सुविधा दिन समितिको माग

Artha Sarokar

५ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीहरूलाई करको सुविधा दिन माग गरेको छ । बीमा समितिले आगामी आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम र बजेटमा सुझाव पेस गर्दै मर्जरमा जाने बीमा कम्पनीलाई कर छुटको नीति ल्याउन माग गरेको हो । बीमा समितिले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ जारी गरी मर्जरमा जनो बीमा कम्पनीहरूलाई विभिन्न खाले १४ वटा छुट तथा सुविधाको व्यवस्था गरेको छ ।

कम्पनीहरूको मर्जरपछि पुँजी कोषमा वृद्धि भई सशक्त र प्रभावकारी रूपमा बीमा सेवा प्रवाह हुने अपेक्षा समितिले गरेको छ । बीमामा स्वस्थ्य प्रतिस्पर्धा, न्यून गुणस्तर र कमजोर पुँजी क्षमता भएका बीमा कम्पनीहरूको संख्या अधिक भएको समितिले जनाएको छ ।

हाल बीमा क्षेत्रमा ५ वटा कम्पनीले मर्जरमा जाने इच्छुक हुँदै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । जीवन बीमा कम्पनीतर्फ प्राइम, यूनियन र गुँरास लाइफले मर्जरको प्रक्रिया अगाडि बढाएका छन् भने निर्जीवन बीमातर्फ भने एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरलले पनि मर्जरमा जान सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यी ५ वटै कम्पनीहरूलाई मर्जरमा जानको लागि बीमा समितिले सैद्धान्तिक सहमति समेत दिईसकेको छ । भारतमा जाने नेपाली श्रमिकको लागि अनिवार्य म्यादी जीवन बीमा गर्ने व्यवस्था ल्याउनुपर्ने समितिको सुझाव छ । उनीहरूका लागि छुट्टै बीमालेख नै तयार गर्नुपर्ने माग पनि समितिको रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी