×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोर्दी खोला जलविद्युतको १० लाख ५४ हजार कित्ता सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन, तपाईं छुट्नु त भएन ?

PRIME CA

दोर्दी खोला जलविद्युतको १० लाख ५४ हजार कित्ता सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन, तपाईं छुट्नु त भएन ?

५ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीको १० लाख ५४ हजार २६० कित्ता आइपीओमा आवेदन दिने जेठ ५ गते बिहीबार अन्तिम दिन रहेको हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले वैशाख १३ गतेदेखि आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दार्दी गाउँपालिकाका बासिन्दाहरुलाई उक्त आइपीओ जारी गरेको हो ।

जसअनुसार साविकको भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१ र ८) गाविसका बासिन्दाले आइपीओमा आवेदन दिन पाउनेछन् । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्ने भएका छन् ।

रेटिङ एजेन्सी कियर नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर इस्यूअर रेटिङ डबल बी माइनपस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले सिद्धार्थ बैंकको लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएनमबि बैंकको बेसीशहर लमजुङ शाखाबाट आवेदन दिन सक्नेछन् । साथै सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: