×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अपर हेवाखोला हाइड्रोपावरले आयोजना प्रभावितका लागि आइपिओ बिक्री गर्ने, कहिलेदेखि दिन पाईन्छ आवेदन ?

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले जेठ १० गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि ५ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने भएका छन् ।

आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएको खण्डमा बाँकी रहेको सेयरमा थप गरी सर्वसाधारणलाई निष्कासन गरिने भएको छ । उक्त आइपीओमा छिटोमा जेठ २४ गतेसम्म र ढीलोमा असार ८ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले अपर हेवाखोलाको आइपीओलाई ‘कियर एनपी डबल बी आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले यस आइपीओमा एनएमबि क्यापिटल नागपोखरी काठमाडौं, अपर हेवाखोला कम्पनी अनामनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको खाँदबारी शाखाबाट अवेदन दिन सकिने भएको छ । साथै ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइम बैंकको तुम्लिङटार शाखा र सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखाबाट आवेदन दिन सकिन्छ । यस्तै सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: