×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिभर फल्स पावरको ७ लाख कित्ता आइपीओ बाँडफाँट, २ हजार २९२ जना आवेदकले पाए १४० कित्ता सेयर !

PRIME CA

रिभर फल्स पावरको ७ लाख कित्ता आइपीओ बाँडफाँट, २ हजार २९२ जना आवेदकले पाए १४० कित्ता सेयर !

अर्थ सरोकार

२० बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयहरुलाई जारी गरेको आइपीओ सोमबार बाँडफाँट गरेको हो । कम्पनीले चैत्र २७ गतेदेखि वैशाख ११ गतेसम्म संखुवासभा जिल्लाका स्थानीयलाई ७ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।

रिभर फल्सले रितपूर्वक आवेदन दिएका ७ हजार ५८५ जना स्थानीयहरुलाई सेयर बाँडफाँट गरेको हो । १० कित्तादेखि १३० कित्तासम्म माग गर्ने सबैलाई माग अनुसार सेयर बाँडफाँट गरिएको छ । त्यस्तै १३० कित्ता भन्दा बढी माग गर्ने २ हजार ३३० जना स्थानीयहरुलाई पनि १३० कित्ताकै दरले सेयर दिइएको छ । जसमध्ये २ हजार २९२ जनालाई भने गोलाप्रथामार्फत १० कित्ता थप गरेर १४० कित्ता सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com बाट हेर्न सकिने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: