काठमाडौं । माया खोला हाइड्रोपावर, मकर जीतुमाया सुरी हाइड्रोपावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपीओ निष्कासन गर्ने भएका छन् । यी कम्पनीहरुले आइपीओ निष्कासनको लागि अनुमति माग्दै बोर्डमा आवेदन गरेका छन् ।
जसमा सबैभन्दा धेरै माया खोला हाइड्रोपावर लिमिटेडले आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ३४ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । बिक्री प्रबन्धकमा भने प्रभु क्यापिटल रहेको छ ।
यस्तै भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल १६ लाख ३१ हजार १६० कित्ता आइपीओ बिक्री गर्नको लागि बोर्डसँग अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।
यता मकर जीतुमाया सुरी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल २२ लाख ८० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्