काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा ज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको २२ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।