×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा घोटाला काण्ड : अर्थ सरोकारको समाचारपछि बैंकको इन्सपेक्सन टिम दमकमा, भागेका ऋणीबारे सोधपुछ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

कामना सेवा घोटाला काण्ड : अर्थ सरोकारको समाचारपछि बैंकको इन्सपेक्सन टिम दमकमा, भागेका ऋणीबारे सोधपुछ !

कामना सेवा बिकास बैंकमा नक्कली कागज उपर करोडौंको ऋण प्रवाह भएको र केहि ऋणीहरु भागिसकेको खबर अर्थ सरोकारको प्रकाशन गरेपछि बैंकको टिम घटनास्थल पुगेको छ । अर्थ सरोकारको सो समाचारको प्रिन्टसमेत बोकेर बैंकको एक टोली दमक पुगेको बैंकको उच्च व्यवस्थापनले जानकारी दिएको छ । सो टोलीले को- को ऋणी भागे भन्ने विषयबारे जानकारी लिएको र बैंकका पूर्व कर्मचारीहरुसँगसमेत सोधपुछ गरेको बैंकका ती अधिकारीहरुले बताए ।
‘अर्थ सरोकारले समाचार छापेपछि अव यो केस लुकाउन सकिन्न भन्ने निष्कर्षमा बैंक पुगेको छ । सबै भन्दा बढी स्कुप न्युज गर्ने पत्रकारलाई नै ब्राण्ड एम्बेसडर तोकेपछि यो घटना ढाकछोप हुन्छ भन्ने अनुमान गलत सावित भएपछी अव केस सकेसम्म मिलाउन बैंक घटनास्थल पुगेको छ ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने- ‘बैंकको एउटा टोली दमक पुगेर घटनाबारे थप विवरण लिएको छ । करोडौंको ऋण खाएर भागेका ऋणीका बारे पनि सोधपुछ टिमले गरेको छ भने बैंकका पूर्वकर्मचारीहरुसँग पनि बैंकले सोधपुछ गरेको छ ।’
यता बैंकका पूर्व कर्मचारीले भने आफुमाथि सोधपुछ भएको पुष्टी गरेका छन् । ‘बैंकमा छिरिङ्ग इन्टरप्राइजेज नामक कम्पनीलाई ऋण दिंदा नक्कली कागज प्रयोग भएको विषयमा मलाई सोधपुछ गर्न बोलाएको थियो।  म पनि गएर सबै कुरा भनिदिएको छु। ‘ बैंकका एक पूर्व कर्मचारीले अर्थ सरोकारसँग भने, ‘घटना काठमाडौँको भएको भए राष्ट्रिय इस्यु बनिसक्ने थियो । मोफसलको केस भएकाले मिडियाहरुले पनि प्राथमिकतामा यो केसलाई लिएनन् । करोडौं रुपैयाँको कर्जा नियमविपरित दिइएको कुरामा कुनै शंका छैन। ‘
बैंकमा २-३ करोडका फाइल गरेर धेरै फाइलमा नक्कली कागजउपर ऋण दिइएको छ, जसमध्ये आधा दर्जन ऋणीहरु अहिले बैंकको सम्पर्कमा छैनन् । अर्थ सरोकारलाई प्राप्त केहि आन्तरिक डकुमेन्ट हेर्ने हो भने १ मिनेटमै फाइल अप्रुभ गरेर कामनाले ऋण दिएको छ । अव यो केसमा बैंकका ठुलै मान्छे पनि संलग्न छन् वा बैंकको प्रादेशिक स्तरको घोटाला भएको छ भन्ने विषयमा भने राष्ट्र बैंकले इन्सपेक्सन नगर्दा एकिन कुरा आउन सकेको छैन । तर बैंकभित्र यति ठुलो घोटाला घट्दा पनि राष्ट्र बैंक मौन बस्नुले धेरै शंका उब्जाएको छ ।
के भन्छ बैंक ?
यता बैंकका डेपुटी सूचना अधिकारी घनश्याम ढुंगेल भने ऋणीहरु भागेको विषयमा आफुलाई जानकारी नभएको बताउँछन् । यता नक्कली कागज उपर ऋण दिइएको छिरिङ्ग इन्टरप्राइजेजको ऋण पनि  सेटल भईसकेको उनको दाबी छ । ‘ऋणीहरु भागे भन्ने त मलाई थाहा छैन । तर छिरिङ्ग इन्टरप्राइजेजको लोन भनेसेटल भईसकेको छ ।’ उनले भने। ‘अनि नक्कली कागजउपर ऋण दिएको केस, त्यो पनि प्रहरीमा पुगेको केस कसरी सेटल भयो त ?’ अर्थ सरोकारको प्रश्नमा ढुंगेलले भने, ‘खै ! कसरी भयो त थाहा छैन, तर सेटलचाहिं भैसक्यो। ‘ यताअर्थ सरोकारको समाचारपछि ढुंगेलले बैंकको टोली दकम पुगेकोसमेत स्वीकारेका छन् । ‘बैंकको रिकभरी प्रोसेस त चल्छ नै । त्यसमाथि यसपाली अलि ठुलो केस आयो । त्यसपछि बैंकको टोली दमक पुगेको हो।’ ढुंगेलले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: