Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालन, शारदा प्रसाद अधिकारीद्वारा उद्धघाटन

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल जेठ १० गते मंगलबारबाट नवलपरासी जिल्लाको कावसोती न.पा. वडा नं. ११ मा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

कावसोती न.पा. वडा नं. ११, कुडौली स्थित गुरौ किराना पसल (प्रो. हेमराज गुरौ) लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीले उक्त शाखा रहित बैंकिङ सेवाको समुद्धघाटन गरी सेवा शुभारम्भ गरेका थिए। कार्यक्रममा बैंकका तर्फबाट नारयणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK