काठमाडौँ । ‘खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूका लागी ‘The Biggest Payment – Jatra’ को रूपमा एक भब्य र रोमाञ्चक अफर ल्याएको छ । यो अफर अन्तर्गत खल्तीबाट एक महिनामा कम्तिमा ३ वटा भुक्तानी गर्ने प्रयोगकर्ताले पल्सर एनएस १६० एबीएस सहित धेरै आकर्षक उपहार र १ करोड बराबरको अफर जित्न सक्नेछन् । खल्तीले ३ वटा बजाज पल्सर एनएस १६० एबीएस बाइक, १४ स्मार्टफोन, ७ स्मार्ट टिभी, ५२ स्मार्टब्यान्ड र अन्य धेरै उपहारहरु दिइरहेको छ । साथै यो ५२ दिने अफरमा प्रयोगकर्ताले सेल्फ-टपअपमा १०५ क्यासब्याक, मेरो शेयर र डिम्याट नवीकरणमा १०५ क्यासब्याक, दैनिक उडान टिकट रु.१ मा पनि प्राप्त गर्नेछन्।
यस अफरमा दैनिक फ्लाइट टिकट बुक गर्दा रु।१ मा फ्लाइट टिकट, बीमा भुक्तानीमा स्मार्टब्यान्ड, अनि साप्ताहिक रुपमा वल्र्डलिङ्क भुक्तानीमा स्मार्ट टिभी र कुनै पनि भुक्तानीमा स्मार्टफोन जित्न सकिने छ। साथै, जेठ १७ गतेदेखि असार ३२ गतेसम्म ४७ दिनसम्म जारी रहने गरि टिभी, इन्टरनेट, फ्लाइट, जीवन बीमा, मुभि टिकट, बिजुली, ल्यान्डलाइन, एन्टिभाइरसको आदिको भुक्तानीमा ५०५ सम्म क्यासब्याक पाइने नेपालकै सबैभन्दा रोमाञ्चक र सबैभन्दा लामो फायर-सेल हुने भएको छ ।
यो अफर जेठ र असारका २ खण्डमा विभाजन गरिएको छ र जेठ १२, २०७९ देखि असार ३२, २०७९ सम्म मान्य छ। यस अफरमा सहभागी हुन प्रयोगकर्ताले KYC प्रमाणीकरण अनिवार्य गर्नुपर्नेछ। नेपालको भुक्तानी उद्योगमा यस अघि नभएको यस महाअभियानको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ञहामीलाई विश्वास छ कि यो मेगा क्याम्पेनले डिजिटल पेमेन्टलाई पक्कै पनि नयाँ उचाइमा पुर्याउने छ । म सबैलाई अभियानमा सहभागी हुन र अधिकतम लाभ लिन अनुरोध गर्दछु।”
‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००ं सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। www.khalti.com/app बाट खल्ती डाउनलोड गर्न सकिन्छ। थप जानकारीको लागि, कृपया PR संयोजक – आकृती शर्मालाई [email protected] मा इमेल गर्न सकिन्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्