×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पुर्यायो, भौतिक रुपमा नै सहयोग पुर्याउने लक्ष्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कुमारी बैंकले हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पुर्यायो, भौतिक रुपमा नै सहयोग पुर्याउने लक्ष्य

Artha Sarokar

२० बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पुर्याउने कार्य सम्पन्न गरेको छ । नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई देखि तीन दिनको बाटो हिँड्नुपर्ने कष्टलाई मध्यनजर गरेर कुमारी बैंक लिमिटेडले काठमाडौंदेखि चुम्नुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पुर्याउने कार्य सम्पन्न गरेको हो ।

यही मिति २०७९ वैशाख १५ गतेका दिन कुमारी बैंक लिमिटेडका व्यापार समन्वय विभागका प्रमुख, रोहित सिंहको नेतृत्वमा गएको तीन जनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पुर्याउने कार्य गरेको थियो । गोरखाको चुम्नुब्रीमा नै आयोजित कार्यक्रममा रोहित सिंहले भने, आफ्ना ग्राहकहरूका लागि हामीले चौर्तर्फी रूपमा सेवा–सुविधा पुगोस् भनि सो आयोजना गरेका छौ । आगामी दिनमा यसरी सहयोग पुर्याउने कार्यक्रमलाई हामीले निरन्तरता समेत दिने कुरा जानकारी गराए । आफ्ना देशव्यापी १९७ शाखा–संजाल, १७७ एटिएम, ४२ शाखारहित बैंकिंङ इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी