काठमाडौँ । कुमारी बैंक लिमिटेड र सुदुरपश्चिम प्रदेश लम्की चुहा नगरपालिका स्थित लाल रत्न अस्पताल बिच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वास्थ्यउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सुदुरपश्चिम प्रदेशका सेवाग्राहीहरुले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्