×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लुम्बिनी विकास बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङ बीच सम्झौता, मुद्दती खातामा मासिक ब्याज प्रदान गर्ने योजना

लुम्बिनी विकास बैंक लिमिटेड रु.१,०००/- अंकित दरको १०,००,००० कित्ताले हुन आउने रु. १,००,००,००,०००/- (अक्षरुपी १ अर्ब) रकम बराबरको ११% एल.बि.बि.एल डिबेञ्चर २०८९ ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको र ब्याजदर ११% प्रतिशत रहेको छ । उक्त सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले मिति २०७९ बैशाख २८ गते हस्ताक्षर गरेका छन्। प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीनेछ ।

काठमाण्डौें, डिल्लिबजार स्थित मुख्य कार्यालय रहेका लुम्बिनी विकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: