काठमाडौँ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक लि. २०७९ जेष्ठ ७ गतेदेखि २८ औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरुबाट करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । यस शुखद अवसरमा बैंकले ग्राहकहरु, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ। यस २७ वर्षको दरामियानमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ।
२८ औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ । एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले रक्त्तदान नै जिवनदान भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्मभएपनि पूराहोस् भन्ने अभिप्रायका साथ ३३ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम संचालन गरेको छ । यसका साथ साथै बैंकले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा वित्तिय साक्षरताका निम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, बसन्तपूर, न्यूरोड गेट, महाकाल, रत्नपार्क, जमल हुँदै पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटा ज्यूले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो भने ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्